एनआईसी एशिया बैंकले कनेक्ट आईपीएस सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग (MoBank) ग्राहकहरुका लागि फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा अफर सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग (MoBank) एप प्रयोग गरी कनेक्ट आईपीएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने छन् ।
भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ ।
फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा (MoBank) एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर Other Banks Using Connect IPS छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएस मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन ।
फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुले मोबैंक एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आईपीएस मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।