कीवर्डहरू -

शनिबार र आईतबार काठमाडौं विश्वविद्यालयको पाँचखाल क्याम्पसमा एआई मिट हुँदै

शनिबार र आईतबार काठमाडौं विश्वविद्यालयको पाँचखाल क्याम्पसमा एआई मिट हुँदै

काठमाडौँ विश्वविद्यालयमा शनिबार र आईतबार एआई मिट आयोजना हुने भएको छ । एआई रूची राख्ने र यस क्षेत्रमा लागेका व्यक्तिहरूलाई लक्षित गर्दै विश्वविद्यालयको पाँचखाल क्याम्पसमा एआई मिट हुन लागेको हो ।

काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ युनिभर्सिटी आर्टिफिसियल इन्टेलिजेन्स क्लबले इम्याजिन, इन्नोभेट र इग्नाइट विथ एआई नारासहित दुई दिने एआई मिट गर्दैछ ।

कार्यक्रममा प्यानल डिस्कसन, एक्सपर्ट टक, गेम, मनोरञ्जन र एआइ प्रोजेक्टमा काम गर्ने मौका पाइने छ । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि बुझाई थप परिष्कृत गर्न, विचार सेयर गर्न र एआई कम्युनिटीमा नेटवर्किंग बढाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

यो कार्यक्रमको शिर्ष प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने एप पाटर्नरको रुपमा हाम्रो पात्रो एप रहेको छ । कार्यक्रमको साझेदारका रुपमा नास्ट र पाँचखाल नगरपालिका रहेका छन् ।

कार्यक्रमलाई फ्युजमेसिन्स, प्रिक्सा, वल्र्डलिंक, प्रिन्स कन्सट्रक्सन, जानकी कृषि संसार र सोनाइ सिड सेन्टर, ग्रिट फिट, डिश होम र एनआइएफमी लगायतको सहकार्य रहेको छ ।