कीवर्डहरू -

प्लस टु पास भएका विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धि निःशुल्क तालिम दिदै प्रशिक्षण

प्लस टु पास भएका विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धि निःशुल्क तालिम दिदै प्रशिक्षण

प्लस टु पास भएका विद्यार्थीलाई प्रशिक्षणले निःशुल्क टेक बुट क्याम्प आयोजना गर्ने भएको छ । आगामी मंगलबार प्रशिक्षणको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा सूचना प्रविधि सम्बन्धि विभिन्न विषयमा तालिम दिने भएको हो ।

प्रशिक्षणले प्रोग्रामिङ, ग्राफिक डिजाइनिङ, डेटाबेस, युआई/युएक्स डिजाइन, क्वालिटी असुरेन्स (क्यए), साइबर सेक्युरिटी, एआई लगायतका विषयमा तालिम प्रदान गर्ने प्रशिक्षणले जानकारी दिएको छ ।

प्लस टु पास गरेका र सूचना प्रविधि क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर एक दिने तालिम आयोजना गर्न लागेको प्रशिक्षणको भनाइ छ ।

बुटक्याम्पमा सम्बन्धि क्षेत्रमा विज्ञले तालिम दिनेछन । यदी तपाई पनि यस बुटक्याम्पसमा इच्छुक हुनुहुन्छ भने यहाँ क्लिक गरी आवेदन दिन सक्नुहुनेछ ।