कीवर्डहरू -

न्यास आईटीको पहिलो वार्षिक साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति

न्यास आईटीको पहिलो वार्षिक साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीको हकहितका लागि स्थापना भएको संस्था नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (न्यास आईटी) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गत शुक्रबार हायात प्लेस काठमाडौंमा नास आईटीको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको थियो । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय प्रतिवेदन र चालु आर्थिक वर्षको अनमानित बजेट प्रस्तुत गरिएको थियो ।

यसका साथै उक्त सभाले क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । यसैगरी संस्थाको उपाध्यक्षमा टेक क्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइराला, महासचिवमा लगपोइन्टका कन्ट्री हेड दिपेन चापागाईं, कोषाध्यक्षमा गोक्यो ल्याब्सका सह-संस्थापक अभय पौडेल चयन भएका छन् ।

यस्तै न्यास आईटीको कार्यसमिति सदस्यमा अम्निल टेक्नोलोजिजकी संस्थापक अलिशा श्रेष्ठ, एक सोलुसनका सीईओ गौरव पाण्डे, लिपफ्रग टेक्नोलोजिका वरिष्ठ उपाध्यक्ष कैलाश राज व्यन्जानन्द, इमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला र टिगकी सह-संस्थापक प्रार्थना शाख रहेका छन् ।

निर्वाचित नयाँ कार्यसमितिले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न काम गर्ने प्रतिवद्धता जनाएको छ । नवप्रवर्तन र सहकार्यमा जोड दिनुका साथै संस्था सदस्यहरूको विकासमा जोड दिने समेत नयाँ कार्यसमितिको योजना रहेको छ ।