कीवर्डहरू -

असार २ गते देखि नेपालको पहिलो भु उपग्रहले पृथ्वीको परिक्रमा गर्ने

असार २ गते  देखि नेपालको पहिलो भु उपग्रहले पृथ्वीको परिक्रमा गर्ने

काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रहले असार २ गते देखि पृथ्वीको परिक्रमा गर्ने भएको छ।

नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने छ। नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजे देखि कार्यक्रम शुरु हुने र भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण गर्ने छ।

भू-उपग्रह प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको थियो।

भू-उपग्रह निर्माणका लागि नेपाल बाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।

भु उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने छ। यो भू-उपग्रह नेपालको आकासमा दैनिक ५ देखी १० मिनेटसम्म रहनेछ।

यो नानो स्याटलाइटले दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।

जापानको क्युटेक विश्वविद्यालय सङ्ग सहकार्य गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ले  यो भू-उपग्रह निर्माण गरेको हो।