कीवर्डहरू -

आईएफबीद्वारा नेपालमा नयाँ रेफ्रिजरेटर सार्वजनिक

आईएफबीद्वारा नेपालमा नयाँ रेफ्रिजरेटर सार्वजनिक

घरायसी सामानहरुमा प्रसिद्ध विश्वव्यापी ब्रान्ड आईएफबीले नेपालमा नयाँ रेफ्रिजरेटरहरु सार्वजनिक गरेको छ । नेपालमा आईएफ बी होम अप्लाइन्सेसको आधिकारिक वितरक द साग्तानी एक्जिमले एक कार्यक्रमका बीच नयाँ मोडलका फ्रिजहरु सार्वजनिक गरेको हो ।

लन्च गरिएका मोडलहरू फ्रोस्ट फ्री र डाइरेक्ट कूल गरी दुई किसिमका छन् । नयाँ मोडलका फ्रिजहरु रु ३२ हजार ९ सय देखि ७२ हजार ९ सय सम्मका छन् । फ्रिजहरुमा कपर–इन्फ्युज्ड डुअल कन्ट्रोल टेक्नोलोजी, ३६० डिग्री सराउण्ड कुलिङ, ७ – इन १ कन्भर्टेबल, डोर अलार्म, एप–बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर, स्मार्ट कन्ट्रोल प्यानल र एन्टी ब्याक्टेरियल जस्ता अत्याधुनिक सुविधाहरू छन् ।

ग्यास्केट रेफ्रिजरेटरहरूमा कडा ग्लास सेल्फहरु, एल्युमिनियम इन्फ्युज्ड आइस ट्रे र अन्य धेरै फरक उच्च गुणस्तरका सामग्रीहरु पनि यसमा समावेश छन् । फ्रिजमा कम्प्रेसरमा १० वर्षको वारेन्टी र १ वर्षभरी सेवा सुविधा रहेको छ ।