चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खेल्न सकिने भएको छ ।
कम्पनीले 'प्लेएबल’ नामक नयाँ फिचर माथि काम गरिरहेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू प्लेएबलमा उपलब्ध छन् ।
वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल पठाएको थियो ।
यी खेलहरू वेब ब्राउजरहरूमा युट्युबको साइट वा गूगलको एन्ड्रोइड वा एप्पलको आईओएस मोबाइल एप मार्फत खेल्न सकिन्छ । युट्युबका प्रवक्ताले कम्पनीको ध्यान अब गेमिङमा रहेको बताएका छन् ।
धेरै प्रयोगकर्ताहरूले युट्युबमा खेलहरू स्ट्रिम गर्छन् र खेलहरूको लाइभ स्ट्रिमिङ हेर्छन् । घट्दो विज्ञापन राजस्वको कारण विकासको लागि नयाँ क्षेत्रहरू अन्वेषण गर्ने योजना बनाइरहेका कम्पनीका सीईओ नील मोहनले बताए । यही योजनाहरु मध्य एक अनलाइन गेम पनि हो ।
यसमा विज्ञापनहरूको साथ स्ट्याक बाउन्स आर्केड खेल समावेश छ । अनलाइन गेमिङले युट्युबलाई गेमिङ उद्योगबाट पैसा कमाउने अर्को माध्यम दिनेछ ।