कीवर्डहरू -

टेलिकमको टिकटक च्यालेन्ज, विजेतालाई ४० हजार पुरस्कार

टेलिकमको टिकटक च्यालेन्ज, विजेतालाई ४० हजार पुरस्कार

नेपाल टेलिकमले तीजको अवसरमा टिकटक च्यालेन्ज ल्याएको छ । नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्जमा अन्तर्गत नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ ।

यो योजना भदौ २४ देखि असोज ७ गते सम्म लागु हुनेछ । उत्कृष्टलाई नगर पुरस्कारको समेत व्यव्था गरिएको छ ।

भिडियो बनाउँदा नेपाल टेलिकमलाई ट्याग गर्नुपर्ने छ भने #TeejwithNepalTelecom ह्यासट्याग समेत राख्नुपर्नेछ ।

च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टपअप प्रदान गरिने छ ।

\"\"