कीवर्डहरू -

सीएसआईटी एशोशिएसनले करियर कनेक्ट आयोजना गर्दै, आईटी कोर्ष र रोजगारीको बारे जानकारी पाइने

सीएसआईटी एशोशिएसनले करियर कनेक्ट आयोजना गर्दै, आईटी कोर्ष र रोजगारीको बारे जानकारी पाइने

अक्सर कक्षा १२ सम्मको अध्ययन पुरा भएपछि विद्यार्थीहरू अलमल्लमा हुन्छन् । १२ कक्षा पछि के पढ्ने ? कहाँ पढ्ने ? कुन विषय छनौट गर्ने ? लगायतका जिज्ञासा आउँछन् । यस्तै समस्यालाई ध्यानमा राख्दै सीएसआईटी एशोशिएसन अफ नेपालले २ दिने करियर कनेक्ट नामक दुई दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्लस टु सकेर बसेका विद्यार्थीहरूलाई अब के गर्ने भन्ने कुराको मार्गदर्शन गराउन करियर कनेक्टले ठूलो भुमिका खेल्ने सीएसआईटी एशोशिएसन अफ नेपालले जनाएको छ । यसका साथै रोजगारीका लागि भौतारीरहेका विद्यार्थीहरूको लागि पनि यो एउटा राम्रो अवसर भएको बताइएको छ ।

करियर कनेक्ट त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थान र कम्प्युटर साइन्स तथा सूचना प्रविधि केन्द्रिय विभागको सहकार्यमा असोज ५ र ६ गते त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा हुनेछ ।

यसबाट कक्षा १२ पास गरेका विद्यार्थीले आईटी कोर्ष, कलेज, करियर, आईटी कम्पनी लगायतको बारेमा जानकारी पाउने छन् । साथै ब्याचलरका विद्यार्थीहरूलाई आईटी क्षेत्रका कम्पनीहरूसँग सम्पर्क गराएर रोजगारी प्रदान गराउने, इन्टर्नसीपको अवसर दिने लक्ष्य समेत करियर कनेक्टको छ ।

विद्यार्थीहरू मात्र नभएर क्याम्पस तथा कम्पनीहरूलाई समेत यो कार्यक्रमले फाइदा पुर्याउने संस्थाको भनाइ छ । कार्यक्रममा विभिन्न कम्पनीले आफ्नो स्टल राखेर सेवा तथा प्रडक्टको बारेमा जानकारी समेत दिन सक्ने छन् ।