कीवर्डहरू -

विराटनगरका युवा सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै

विराटनगरका युवा सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै

विराटनगर। सीआइएस एटुके द्वारा आयोजना गरिएको विकिमिडिया सार्क शिक्षा सम्मेलनमा विराटनगरका युवा संदीप राउत भाग लिन जाने भएका छन् ।

यही जुन २० देखि २२ तारिखसम्म चल्ने शिक्षा सम्मेलन भारतको बेङ्गलोर सहर स्थित क्राइस्ट विश्वविद्यालयमा हुने भएको छ । उक्त सम्मेलनमा भारत, श्रीलंका, भुटान, नेपाल, बङ्गलादेश र अफगानिस्तानका विकिपिडियनहरू सहभागी रहनेछ ।

राउतलाई पूर्ण छात्रवृत्तिमा यस सम्मेलनका लागी चयन गरिएको हो । विकिपीडिया शिक्षा कार्यक्रम र विभिन्न सामुदायिक सदस्यहरु वा भाषाहरु द्वारा एशियामा हुने गतिविधिहरु को जागरूकता बढाउने यसा कार्यक्रम को उद्देश्य रहेको छ ।

हाल राउत विकी जागरूकता अभियानका सञ्चार प्रमुखका रुपमा काम गर्दै छन् र “वर्ड विङ्ग्स्” का संस्थापक समेत रहेका छन् जुन पूर्वी नेपालमा पहिलो पटक थालनी गरिएको ओपन स्टेज कार्यक्रम हो ।