कीवर्डहरू -

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच) – साईनोरा नेपाली बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रब्युसन बोर्ड  तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन्, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ ।

प्रभाकर शमशेर थापा (उपाध्यक्ष-गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेशनल मार्केटिङ -इन्डोएसियन) ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज,साईनोराको अनावरण गरेका थिए भने नेपाल र भारतका इन्डोएसियन ब्रान्ड र यसका उत्पादनहरुबारे विभिन्न जानकारी दिएका थिए ।