कीवर्डहरू -

सीजीको चाडपर्व अफर, उत्पादन खरिदमा क्यासब्याकसँगै आकर्षक पक्का उपहार

सीजीको चाडपर्व अफर, उत्पादन खरिदमा क्यासब्याकसँगै आकर्षक पक्का उपहार

सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ । नेपालको सबैभन्दा ठुलो इलेकट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दसैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको हो ।

यस योजना अन्तरगत ग्राहकहरूले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नु हुनेछ । ग्राहकहरूले रु ५६ हजार ४०० सम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन् । सीमित समयको लागि दिइएको यस योजना यही भाद्र २५ गते देखि नेपाल अधिराज्यभरि लागु गरिएको छ ।

यस योजनाका अन्य  आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नु हुनेछन्

यो योजनामा उल्लेखित अफरहरू तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्राण्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सीजी ब्राण्डका सबै इलेकट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कन्डिसन, भ्याक्युम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् ।