कीवर्डहरू -

३ दिने आइ.ओ.टि. प्रदर्शनी काठमाण्डौमा समापन

३ दिने आइ.ओ.टि. प्रदर्शनी काठमाण्डौमा समापन

काठमाडौं। कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेजले काठमाण्डौमा ३ दिने आइ.ओ.टि. प्रदर्शनी समापन भएको छ ।

मंगलबारबाट विहिबार सम्म डिल्लीबजारमा चलेको प्रदर्शनीमा स्मार्ट स्कुल/कलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटल/रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना तयार गरिएको थियो ।

प्रदर्शनीको करिव ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन् ।

हेर्नुहोस फोटो फिचर

\"\" \"\" \"\" \"\"