कीवर्डहरू -

नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक

नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५,००० रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

भृकृटीमन्डपमा भइरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै गरी सिट्रोनको विद्युतीय गाडी इ सी ३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी नि:शुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।
नाडा अटो शो शनिबारसम्म हुनेछ ।