कीवर्डहरू -

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ल्यायो चाडपर्व अफर

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ल्यायो चाडपर्व अफर

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलिब्रट ग्रेटनेस“ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदौ २६  गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन् ।

ग्राहकहरुले "सेलिब्रट ग्रेटनेस" योजना अन्तर्गत टिसिएलको कुनै पनि टेलिभिजनको खरिदमा रु. ४४ हजार ७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन्। त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १४ हजार ४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन् ।

यसका साथै ग्राहकहरुले टिसिएलको सम्पूर्ण क्याटागोरीको  एयर कन्डिसनरको खरिदमा रु. ५६ हजार ८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन् ।

ग्राहकहरुले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा रु. ३१ हजार ८०० सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन् । साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।