कीवर्डहरू -

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अब अत्याधुनिक कल सेन्टर

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अब अत्याधुनिक कल सेन्टर

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौताले नेपाल बैंक लिमिटेडका ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।

सो कार्यक्रमा नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुसी व्यक्त गर्दै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।

नेपालभर २२८ शाखाहरु, २०४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई डिजिटल वित्तीय सेवा पुर्‍याइरहेको यो बैंकले  ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ्ग प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा बढ्न प्रतिबद्ध रहेको जनाएको छ ।