कीवर्डहरू -

साओमीको चार्डपर्व अफर, मोबाइल किन्दा निःशुल्क इयरफोनदेखि २ हजारसम्म छुट

साओमीको चार्डपर्व अफर, मोबाइल किन्दा निःशुल्क इयरफोनदेखि २ हजारसम्म छुट

साओमीले नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा रु.२००० सम्मको रोमाञ्चक छुट पाउने छन ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आएको बताए ।

कम्पनीले साओमीका फोन खरिदमा २ हजारसम्म छुट दिएको छ । रेड्मी  ए २ र ए २ प्लस खरिदमा रेडमी इयरफोन निःशुल्क पाइने छ । यस्तै ४ जीबी र्‍याम र ६४ जीबी आन्तरिक स्टोरेज भएको रेड्मी १२ सी १३ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ भने ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको रेडमी १२ सीको १५ हजार ९९९ रूपैयाँमा पाइने छ ।

६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको रेड्मी  नोट १२ २३ हजार ४९९ मा उपलब्ध हुनेछ । ८ जीबी र्‍याम १२८ जीबी स्टोरेज भएको रेडमी नोट १२ २५ हजार ४९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भएको नोट १२ २६ हजार ४९९ मा उपलब्ध हुनेछ ।

रेड्मी नोट १२ फाइभजी ६ जीबी र्‍याम भेरियन्टको मूल्य २८ हजार ४९९ रूपैयाँ र ८ जीबी र्‍याम भेरियन्टको ३० हजार ४९९ रूपैयाँ मूल्य तोकिएको छ ।
यस बाहेक रेड्मी नोट १२ प्रो फाइभजी ६ जीबी र्‍याम भएको भरियन्टको मूल्य छुटमा ३६ हजार ९९९ र ८ जीबी भरियन्टको मूल्य ३९ हजार ९९९ रूपैयाँ छ ।

६ जीबी र्‍याम भएको पोको एक्स ५ प्रो  फाइभजी ३७ हजार ९९९ रूपैयाँ र ८ जीबी भेरियन्टको मूल्य ४० हजार ९९९ रूपैयाँ तोकिएको छ । साओमी नेपालले नेपालका सबै स्मार्टफोन प्रेमीहरूलाई आफ्नो मोबाइल चलाउने अनुभव अपग्रेड गर्ने यो सुनौलो अवसरको फाइदा उठाउन आग्रह गरेको छ ।

साओमीको फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गतेसम्म लागु हुनेछ । यो अफर साओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ ।