कीवर्डहरू -

एनसेलले सातै प्रदेशका सामुदायिक विकास परियोजनालाई १० लाखसम्म दिने, कसरी दिने आवेदन ?

एनसेलले सातै प्रदेशका सामुदायिक विकास परियोजनालाई १० लाखसम्म दिने, कसरी दिने आवेदन ?

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन’ कार्यक्रम सुरू गरेको छ । यस अन्तर्गत समुदायस्तरमा लागु हुने सामाजिक परियोजनाका लागि १० लाखसम्म रकम प्रदान गर्नेछ ।

एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ-आफ्ना स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।

इच्छुक संस्थाहरूले एनसेलको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना रु १० लाख रुपैया प्रदान गर्नेछ । यस पहलको जानकारी यहाँ क्लिक गरेर लिन सकिने छ । यस बाहेक [email protected] इमेल र ९८०५५५४४४० मा सम्पर्क गरि लिन सकिन्छ ।

दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।