अब एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सिधै आफ्ना गुनासा राख्न सकिने भएको छ । १८ औं वार्षिकोत्सवको अवसरमा एनसेलले सीईओ जाब्बोर कायुमोभसँग सिधै सम्प्रक गर्न इन्स्टाग्राम खाता र इमेलको व्यवस्था गरेको हो ।
सीईओसँग गुनासो राख्न सकिने इन्स्टाग्राम ह्यान्डल @ncellceo रहेको छ भने [email protected] इमेलमार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ ।
यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो । ग्राहकहरूले आफुसँग सिधै सम्पर्क गर्न सक्ने सीईओ जाब्बोरले बताए ।
‘यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिलेसुनिश्चित गर्नेछ,’ उनले भने, ‘यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ ।’