कीवर्डहरू -

अल्टिमा अनलाइन मेलामा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत  छुट

अल्टिमा अनलाइन मेलामा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत  छुट

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने अल्टिमा अनलाईन मेलामा  एकको डबल अफर सार्वजनिक गरेको छ ।

अल्टिमाले आफ्नो वेबसाइट सार्वजनिक गरेको अवसरमा अल्टिमा अनलाईन मेला बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म सञ्चालन हुनेछ ।

मेलामा एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क पाउने छन् । साथै अन्य अल्टिमाका ग्याजेटहरुमा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत  छुट प्राप्त हुनेछ ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेका सीइओ प्रविन रेग्मीले दिएका छन् ।