कीवर्डहरू -

फूडमान्डुमा अबदेखि ५०० रूपैयाँभन्दा कमको पनि फुड अर्डर गर्न सकिने

फूडमान्डुमा अबदेखि ५०० रूपैयाँभन्दा कमको पनि फुड अर्डर गर्न सकिने

नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फूडमान्डुले ५०० रूपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । यसका साथै फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

ग्राहकहरूको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिवर्तन गरेको जनाएको छ । यससँगै  अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन् । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि रु. ५० को न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो ।

परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि रु. २५ र सोभन्दा माथिको दुरीका लागि थप रु. २५ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपी रु. १००० भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढीमा रु. ७५ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतिबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले ५०० रूपैयाँको न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई सदाको लागि हटाएको बताए ।

सन् २०१० देखि संचालनमा आएको फूडमाण्डु नेपालको पहिलो फुड डेलिभरी कम्पनी हो । फुडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकहरूलाई ८ सयभन्दा बढी रेष्टुरेन्टहरुमार्फत काठमाडौं उपत्यका र पोखरामा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।