कीवर्डहरू -

स्टोरेज बचाउन यसरी प्रयोग गर्नुहोस् गुगलको अटो अर्काइभ फिचर

स्टोरेज बचाउन यसरी प्रयोग गर्नुहोस् गुगलको अटो अर्काइभ फिचर

यदि तपाई आफ्नो फोनको स्टोरेजको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईको लागि खुसीको खबर छ । गुगलले भर्खरै प्ले स्टोरको लागि अटो अर्काइभ सुविधा ल्याएको छ  । नयाँ सुविधाले एन्ड्रोइड उपकरणहरूमा भण्डारण बचत गर्दछ, जब एप प्रयोगमा छैन् ।

गुगलले अनावश्यक एपहरूले लिने स्टोरेज स्पेसको ६० प्रतिशतसम्म बचत गर्न एन्ड्रोइडमा अटो आर्काइभ फिचर सुरु गरेको छ । नयाँ सुविधाले फोनमा अनावश्यक एपहरू भण्डारण गर्छ र प्रयोगकर्ताहरूलाई नयाँ एपहरू इन्स्टल गर्न स्टोरेज दिन्छ ।

अटो अर्काइभ फिचर के हो ?

अटो अर्काइभ फिचर एउटा नयाँ सुविधा हो जसले प्रयोगकर्ताहरूलाई डिभाइसमा स्टोरेज स्पेस खाली गर्ने विकल्प दिन्छ । फोनमा अवस्थित एपहरू नमेटाई, प्रयोगकर्ताहरूले आफ्नो फोनको स्टोरेज बढाउन सक्छन्, जसले गर्दा नयाँ एप इन्स्टल गर्न सहज हुने गर्दछ । अटो आर्काइभ फिचर सक्रिय भएपछि, तपाईंले कम प्रयोग गर्ने तपाईंको फोनमा अनावश्यक एपहरू हटाइनेछन् ।

यदि तपाई ती एपलाई आफ्नो फोनमा पुनः राख्न चाहनुहुन्छ भने, यसलाई पुनः डाउनलोड गर्नुपर्ने हुन्छ । कम्पनीले प्ले स्टोरमा नयाँ टगल उपलब्ध गराउने भएको छ । तपाईंले गुगल प्ले स्टोर र अटो अर्काइभ फिचरको सेटिंगमा गएर यो नयाँ फिचर अन वा अफ गर्न सक्नुहुन्छ ।