कीवर्डहरू -

योग्यता नपुगेका शिक्षकले बीएससी सीएसआईटी पढाए कारबाही हुने

योग्यता नपुगेका शिक्षकले बीएससी सीएसआईटी पढाए कारबाही हुने

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले योग्यता नपुगेका शिक्षकहरुले बीएससी सीएसआईटी अध्यापन गराए कारबाही हुने चेतावनी दिएको छ ।

विभिन्न कलेजहरूमा योग्यता नपुगेका शिक्षकले बीएससी सीएसआईटी पढाएको भन्दै जनगुनासो आएपछि संस्थाले एक सूचना जारी गर्दै त्यस्ता शिक्षकहरूमाथि कारबाही हुने जनाएको हो ।

सबै क्याम्पसले त्रिवि सेवा आयोगले तोकेको मापदण्ड पूरा गरेका शिक्षकलाई मात्र नियुक्त तरी अध्यापन गराई सो अनुसारको बेहोरा यस डीन कार्यालयमा पठाउन संस्थानले अनुरोध गरेको छ ।

‘यदि सेवा आयोगले तोकेको योग्यता नपुगेका शिक्षकहरुले अध्यापन गराइएको पाइएमा त्रि. वि. नियमानुसार कारबाही हुने बेहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

\"\"