कीवर्डहरू -

एनएमबी बैंकको डिजी स्टेशन, नगद डिपोजिटदेखि क्लियरिङ चेक डिपोजिटसम्मको सुविधा

एनएमबी बैंकको डिजी स्टेशन, नगद डिपोजिटदेखि क्लियरिङ चेक डिपोजिटसम्मको सुविधा

एनएमबी बैंकले डिजी स्टेशन सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक डिजी स्टेशनको सुरुवात गरेको बताएको छ।

डिजी स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो, जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ।

डिजी स्टेशनको सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ। बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ।

बैंकले प्रथम चरणको डिजी स्टेशनको सुरुवात एनएमबी भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरेको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रुपैयाँभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ।

साथै, चेक डिपोजिट मेसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेक समेत डिपोजिट गर्ने सुविधा रहेको छ। बैंकले हाल देशभरी २०१ शाखा, १४५ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।