कीवर्डहरू -

मिड रेन्ज स्मार्टफोनका लागि क्वालकमको नयाँ प्रोसेसर सार्वजनिक

मिड रेन्ज स्मार्टफोनका लागि क्वालकमको नयाँ प्रोसेसर सार्वजनिक

चर्चित चिपसेट निर्माता कम्पनी क्वालकमले मिड रेन्ज स्मार्टफोनका लागि नयाँ प्रोसेसर ल्याएको छ । यसलाई स्नापड्रागन सेभेन एस जेन २ नाम दिइएको छ । क्वालकमले मिड–रेन्ज स्मार्टफोनका लागि विशेष र नयाँ चिपसेट ल्याएको हो । यो ४ न्यानोमिटर प्रक्रिया नोड मा तयार पारिएको छ ।

यो चिप साओमीको आगामी फोन रेडमी नोट १३ प्रोसँग लन्च गरिने बताइएको छ । यो नयाँ प्रोसेसर जेन ८ चिप्सको बजेट–अनुकूल विकल्प हो । यो अक्टा–कोर प्रोसेसरमा २.४ गीगाहर्जमा ४ कोर पर्फमेन्स रहेको छ । यो चिपसेटले १४४ हर्जसम्म एफएचडी प्लस डिस्प्ले समर्थन गर्न सक्छ ।

यो चिपसेटले १२ जीबी एलपीडिडिआर फाइभ र्याम र यूएफएस ४.० स्टोरेज सम्मको समर्थन पाउँछ । यति मात्र होइन, यसमा स्न्यापड्रागन एक्स ६२ फाइभजी मोडेम पनि छ, जसले फाइभजी मिलिमिटर वेभ प्रविधिलाई समर्थन गर्दछ । यूएसबी ३.१ र क्वीक चार्ज ४ प्रविधि पनि स्नापड्रागन ७ एस जेन २ मा रहेको छ ।

स्नापड्रागन ७ एस जेन २ मा क्वालकम स्पेक्ट्रा १२ बिट आइपिएस फिचर छ । यति मात्र होइन, यसले ट्रिपल क्यामेराको सुटिङलाई पनि सुधार गर्न सक्छ । यसबाहेक, यो चिपसेट स्न्यापड्रागन लिसनिङ टेक्नोलोजीसँग आउँछ ।

सिपियूको बारेमा कुरा गर्दा, यो अन्य स्नापड्रागनको तुलनामा कमजोर छ । क्वालकमले आधिकारिक रूपमा नयाँ स्नापड्रागन ७ एस जेन २ चिपसेटको रिलीज मिति घोषणा गरेको छैन् । तर यो चाँडै नै ल्याइने अपेक्षा गरिएको छ ।