कीवर्डहरू -

रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ? 

रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ? 

नेपालको लोकप्रिय एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले आफुलाई रिब्रान्डिङ गरेको छ । विगत १३ वर्षदेखि एसएमएस सेवा प्रदायकको रूपमा काम गर्दै आएको कम्पनीले नयाँ लोगो र विशेषतासहित आएको हो ।

यस रिब्रान्डिङले स्प्योरो एसएमएस र प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । स्प्योरोको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्दछ ।

साथै, नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो हुने जनाइएको छ । अपडेट गरिएका रंगहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउने छ ।

स्प्योरो एसएमएसको इन्टरप्राइजेज मेसेजिङ प्लेटफर्ममा भएको यस रिब्रान्डिङ पश्चात कम्पनी र संस्थाहरुले आफ्ना नवीनतम सञ्चार आवश्यकताहरू पूरा गर्नका लागि तयार पारिएका नयाँ र परिष्कृत सेवाहरुको अपेक्षा गर्न सकिने कम्पनीको भनाइ छ ।

स्प्योरो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले प्रयोगकर्तालाई रोजे अनुसारको र प्राविधिक रूपमा थप सशक्त ईन्टरप्राईजेज मेसेजिङ प्लेटफर्म प्रदान गरेर ईन्टरप्राईज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको बताए ।

स्प्योरो एसएमएसले नयाँ सेवाको रूपमा मल्टी - च्यानल कम्युनिकेशन प्लेटफर्म, ओटीपी, टु फ्याक्टर अथेन्टिकेसन, अन्तर्राष्ट्रिय एसएमएस मिस्ड कल मार्केटिङ, च्याटबट सेवा, सरल इन्टिग्रेसन र एपीआई सेवा आदि ल्याएको छ ।

यस बाहेक साइबर सुरक्षा मजबुत बनाउने र चौबिसै घण्टा ग्राहक सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।