कीवर्डहरू -

२ हप्तामा पुनः फर्कियो रूटिन अफ नेपाल बन्द, अब हेल्प पोष्टलाई पहिलो प्राथमिकता दिने   

२ हप्तामा पुनः फर्कियो रूटिन अफ नेपाल बन्द, अब हेल्प पोष्टलाई पहिलो प्राथमिकता दिने   

नेपालको लोकप्रिय फेसबुक पेज रूटिन अफ नेपाल बन्द पुनः सञ्चालनमा आएको छ । बन्द भएको २ हप्तामा रूटिन अफ नेपाल बन्द फेरि सञ्चालनमा आएको हो ।

फेसबुकमा एक पोष्ट गर्दै रूटिन अफ नेपाल बन्दले आफुहरूको उद्देश्य कसैलाई बहकाउने नभएको र अबदेखि थप सचेत हुने बताएको छ ।

अबकाम दिनमा गैरनाफामुलक अथवा पब्लिक कम्पनीमा जाने सम्भावना खोजी गर्ने, ब्रेकिङ भन्दा पनि सत्य र प्रमाणीत सामग्री पोष्ट गर्ने, हेल्प पोस्टहरुलाई पहिलो प्राथमिकता दिने र आमनागरिकहरुको चासोलाई सम्बोधन हुने गरेर फिडब्याक फोरम बनाउने रूटिन अफ नेपाल बन्दले जनाएको छ ।

यसका साथै हप्तामा कम्तिमा एउटा नेपालमा बनेको वा कुनै विशेष स्टार्ट अपको बारेमा निशुल्क प्रमोसन वा शुल्क लिएमा त्यसलाई सामाजिक काममा प्रयोग गर्ने र दिनमा एउटा सामाजिक सचेतनाका विषयलाई पोस्ट गर्ने समेत प्रतिबद्धता जनाएको छ ।

गत भदौ १८ गते रूटिन हफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले पेजलाई अनपब्लिस गरेका थिए । पेजलाई अनपब्लिस गर्नुभनेको सधैंको लागि बन्द गर्नु होइन । अनपब्लिस भनेको पब्लिक, लाइक र फलोअरबाट हाइड गर्नु हो ।

यो पनि पढ्नुहोस्ः के सधैंका लागि बन्द भएको हो रूटिन अफ नेपाल बन्दको फेसबुक पेज ?