कीवर्डहरू -

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति, कहिले सुरू होला परीक्षण ?

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति, कहिले सुरू होला परीक्षण ?

मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न मस्कको न्यूरालिंकलाई अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले न्यूरालिंकलाई पक्षाघातका बिरामीहरूमा परीक्षण गर्न स्वीकृति दिएको हो ।

एलन मस्कले केही महिनाअघि मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने कुरा गरेका थिए तर उनले त्यसका लागि स्वीकृति पाएका थिएनन् । तर, अब कम्पनीले ब्रेन चिपको पहिलो मानव परीक्षणका लागि स्वीकृति प्राप्त गरेको छ ।

एलन मस्कको न्यूरोटेक्नोलोजी कम्पनीले मंगलबार दिएको जानकारी अनुसार परीक्षण पक्षाघातका बिरामीहरूमा केन्द्रित हुनेछ । चीप राखेर विरामीलाई ६ वर्षसम्म अध्ययन गरिने छ । यसका लागि कम्पनीलाई बिरामी राख्ने स्वीकृति समेत दिइएको छ ।

क्लिनिकल परीक्षणले घाँटीको चोट वा एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस) को कारण पक्षाघात भएका बिरामीहरूको मस्तिष्कमा मात्र चीप राख्न सकिने छ ।

यो अध्ययनले बिरामीलाई कम्प्युटर कर्सर वा किबोर्ड प्रयोग गरी उनीहरूको विचारहरू नियन्त्रण गर्न दिनेछ, जसले गर्दा इम्प्लान्टको सुरक्षा र प्रभावकारितालाई राम्रोसँग परीक्षण गर्न सकिने छ ।

यद्यपी, यसका लागि अनुसन्धानकर्ताहरूले मस्तिष्कको गति नियन्त्रण गर्ने भागमा चिपलाई जडान गर्न रोबोट प्रयोग गर्नुपर्नेछ । यो अध्ययन पूरा हुन करिब छ वर्ष लाग्नेछ । अनुसन्धानमा कति जना सहभागी हुनेछन् भन्ने बारेमा भने कुनै जानकारी छैन् ।

कम्पनीले कम्तिमा १० बिरामीमा चिप प्रत्यारोपण गर्न प्रारम्भिक अनुमति प्राप्त गर्ने लक्ष्य राखेको बताएको छ । एलन मस्कले सन् २०१६ मा न्यूरालिंक सुरु गरेका थिए, जुन एक न्यूरो टेक्नोलोजी कम्पनी हो । मस्कको यो कम्पनी प्रत्यारोपण गर्न मिल्ने ब्रेन–कम्प्युटर इन्टरफेसको विकासमा आधारित छ । न्युरालिङ्क अझै विकासको प्रारम्भिक चरणमा छ ।