कीवर्डहरू -

दिगो रोजगारी र आर्थिक वृद्धिका लागि आइसिटी क्षेत्रलाई बढावा सम्बन्धि कार्यक्रम सम्पन्न

दिगो रोजगारी र आर्थिक वृद्धिका लागि आइसिटी क्षेत्रलाई बढावा सम्बन्धि कार्यक्रम सम्पन्न

नेपाल सूचना तथा सञ्चार प्रविधि सेवा संघ (यूएनआइसिटीएस नेपाल) 'नेपालमा दिगो रोजगारी र आर्थिक वृद्धिका लागि आइसिटी क्षेत्रलाई बढावा: सँगै बढ्दै' विषयमा आयोजना जना गरेको सामाजिक संवाद कार्यक्रम सम्पन्न भएको छ । होटल दुसित प्रिन्सेस लाजिमपाटमा उक्त सामाजिक संवाद कार्यक्रम आयोजना भएको थियो ।

व्यक्ति र नीति निर्माताहरूका लागि मागदर्शनका रुपमा यस कार्यक्रमले काम गर्ने यूएनआइसिटीएसको विश्वास रहेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत रहेका थिए ।

त्यस्तै कार्यक्रममा अतिथिको रुपमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, पुरुषोत्तम खनाल, आईटी विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोद्दार, आइस्पानका अध्यक्ष सुधीर पराजुली, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठ, डियरवाक ग्रुप लिमिटेडका अध्यक्ष हितेश कार्की, आइआइडिएसका कार्यकारी निर्देशक विश्वास गौचन लगायतको पनि अतिथिको रूपमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा 'नेपालमा दिगो रोजगारी र आर्थिक वृद्धिका लागि आइसिटी क्षेत्रलाई बढावा: सँगै बढ्दै' विषयको सेसन चेयर सञ्चार तथा सूचना प्रविधि सचिव कृष्ण राउतले गरेका थिए भने काठमाडौें विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन डा. मनिष पोखरेल र आईआईडीएसका कार्यकारी निर्देशक विश्वास गौचनले सो थिममा प्रस्तुती दिएका थिए । उक्त सेसनको सहजीकरण आइसिटी विज्ञ हेमपाल श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि कम्पनी, विज्ञ, क्यान महासंघ र ट्रेड युनियन राष्ट्रिय केन्द्रहरूले सूचना प्रविधि क्षेत्र भित्रका चुनौतीहरूको लागि व्यावहारिक मार्ग खोज्नको लागि सामाजिक संवादमा भाग लिएका थिए ।