कीवर्डहरू -

सिड्स फर द फ्युचर समिटमा नेपालबाट चार जना सहभागी

सिड्स फर द फ्युचर समिटमा नेपालबाट चार जना सहभागी

डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ‘सिड्स फर द फ्युचर समिट-२०२३’ को आयोजना गरेको छ ।

ह्वावेको पहलमा एशिया-प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि’कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’भन्ने नारालाई सार्थक बनाउन १९ एशिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले सिड्स फर द फ्युचर समिट-२०२३ मा भाग लिएका छन् ।

नेपालका चार विजेताहरु कुल १९ देशहरुबाट ९१ सहभागीहरुसंग सीड्स फर द फ्युचर समिट २०२३ मा सहभागी भएका छन् । यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्व-स्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिकचीनको अनुभव समावेश छ ।

समिटको विषयवस्तुमा प्रकाश पार्दै ह्वावे एशिया प्यासिफिकका अध्यक्ष साइमनलिनले सिड्स फर द फ्युचर समिट आयोजना गरेको यो तेस्रो बर्ष भएको बताए । ‘हरेक वर्ष, हामी केहीनयाँ, थप साझेदारहरू सामेल भएसंगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौ,’ उनले भने, ‘तथापि यसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन् ।’

शिखर सम्मेलनको मुख्य भागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशिया-प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू- आईसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशीपूर्वाधार, डिजिटल क्षमता निर्माण, युवती तथा युवा सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहदै संयुक्त घोषणा गरेका थिए ।

कार्यक्रम आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्री संगनमको नेतृत्वमा प्यानल छलफल समेत भएको थियो । कार्यक्रममा नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका विज्ञहरू, ह्वावे र सिड्स फर द फ्युचरका प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रकाभविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमताअभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामागहिरो प्रकाश परेको थियो ।

यो प्रतिभा शिखर सम्मेलन, चीनको शेन्जेन र डोङगुआनमाह्वावेको क्याम्पसको भ्रमणमा लगिएका ९१ विद्यार्थीहरूका लागि अद्भुत अनुभवको विस्तार हो । त्यहाँ, तिनीहरूले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइलप्रविधिहरू र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अद्वितीय अनुभवप्राप्त गरेका थिए ।

आसियान १०, दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागीविद्यार्थीहरुलाई ह्वावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चयन गरिएको थियो ।

सीड्स फर द फ्युचर

सीड्स फर द फ्युचर ह्वावेको पहलमा संचालित कार्यक्रम हो, जहाँ भविष्यका डिजिटल क्षेत्रका नेतृत्वकर्ताहरुलाई प्रविधि र अन्तर-सांस्कृतिकअनुभवहरूका साथै टेक फर गुड परियोजनाहरूमार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न सहयोग प्रदान गर्ने लक्ष्यका साथ संचालित रहेको छ ।