कीवर्डहरू -

जाभास्क्रिप्ट सम्बन्धि एक महिने अनलाइन तालिम सुरू 

जाभास्क्रिप्ट सम्बन्धि एक महिने अनलाइन तालिम सुरू 

जाभास्क्रिप्ट सम्बन्धि एक महिने लामो अनलाइन तालिम सुरू भएको छ । गत सोमबारदेखि करिब १ महिनासम्म सञ्चालन हुने जाभास्क्रिप्ट प्रोग्रामिङ सम्बन्धि तालि युट्युबमा सुरू भएको हो ।

फुल स्ट्याक वेब तथा एप डेभलपर सरोज दाहालले युट्युबबाट जाभास्क्रिप्ट सम्बन्धि तालिम सुरू गरेका छन् । वेब डेभलपमेन्टको क्षेत्रमा काम गर्न चाहने युवालाई लक्षित गर्दै एक महिने तालिम सुरू गरेको दाहालले बताए ।

युट्युब उक्त कक्षा शनिबार बाहेक हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म १ घण्टासम्म सञ्चालन हुनेछ । युट्युबबाट लाइभ उक्त कक्षा अन्य समयमा समेत हेर्न सकिने छ ।
उक्त जाभास्क्रिप्ट सम्बन्धि कक्षा एभ्रिडे कर्मा (Everyday Karmaa) मा गएर हेर्न सकिने छ ।

एचटिएमएल, सीएसएस र आधारभूत प्रोग्रामिङको ज्ञान भएका व्यक्तिलाई यो उपयोगी हुनेछ । लाइभ कक्षामा जाभास्क्रिप्ट बारे आधारभूत कुरा, डकुमेन्ट अब्जेक्ट मोडल, इभेन्ट ह्यान्डलिङ, वेब अब्जेक्ट, एपीआई, डेटा फेचिङ, अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ र अन्य एडभान्स अवधारणाहरू सिकाइने छ ।

कक्षाकै दौरान जाभास्क्रिप्ट सम्बन्धि दुई वटा प्रोजेक्ट समेत गराइने छ । यसका साथै थर्ड पार्टी लाइब्रेरीको बारे समेत जानकारी दिइने छ ।