कीवर्डहरू -

सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू, यस्ता छन् मुख्य आकर्षण 

सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू, यस्ता छन् मुख्य आकर्षण 

सीएसआईटी एशोसिएसनले आयोजना गरेको करियर कनेक्ट २०२३ सुरू भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयमा करियर कनेक्ट शुक्रबारदेखि सुरू भएको हो ।

शनिबारसम्म चल्ने करियर कनेक्ट त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संस्थान र कम्प्युटर साइन्स तथा सूचना प्रविधि केन्द्रिय विभागको सहकार्यमा भइरहेको छ । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

करियर कनेक्टमा विभिन्न आईटी कलेज, आईटी कम्पनी लगायत सूचना प्रविधिमा पढ्न चाहने र पढिरहेका विद्यार्थीहरू सहबागी भएका छन् । कार्यक्रमका मुख्य आकर्षणका रूपमा एजुकेसन फेयर, कलेज स्टल, जब फेयर, कम्पनी स्टल, फुड, गेम्स लगायतका रहेका छन् ।