कीवर्डहरू -

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न, २ हजार ग्राहकले लिए सवारी सर्भिस सेवा

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न, २ हजार ग्राहकले लिए सवारी सर्भिस सेवा

आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ । भदौ १७ गतेदेखि  भदौ २९ गते सम्म सञ्चालन भएको मेगा सर्भिस क्याम्पबाट २ हजार बढी ग्राहकले लाभ लिएका थिए ।

नेपालभरका ११ विभिन्न स्थानमा मेगा सर्भिस क्याम्प सञ्चालन गरिएको थियो । बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ।

यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ। बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो।

बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ। व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो।