कीवर्डहरू -

सिंहदरबार प्रवेश गर्न अब क्युआर कोडसहितको गेट पास 

सिंहदरबार प्रवेश गर्न अब क्युआर कोडसहितको गेट पास 

देशको प्रशासनिक निकाय सिंहदरबार प्रवेशका लागि अब क्युआर कोडसहितको गेट पासको व्यवस्था गरिने भएको छ ।

गत असोज १ गते बसेको मुख्यसचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा क्युआर कोडसहितको गेट पासको व्यवस्था गर्ने निर्णय भएको हो ।

केन्द्रिय सचिवालय सिंहदरबारमा गेटपास व्यवस्थालाई थप प्रभावकारी बनाउन गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था गर्ने निर्णय गरिएको छ ।