कीवर्डहरू -

साओमी नेपालको ५ वर्ष पूरा

साओमी नेपालको ५ वर्ष पूरा

नेपालमा साओमीले ५ वर्ष पूरा गरेको छ । नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धतासँगै साओमील नेपालले ५ वर्ष पूरा गरेको हो ।

सन् २०१८ मा सार्वजनिक भएदेखि नै साओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित रहेको जनाएको छ ।

विगत पाँच वर्षमा साओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । साओमी टेक्नोलोजी क्षेत्रमा घर-घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ ।

उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्तामाझ पुर्‍याउने ब्राण्डको अटल समर्पणले नेपाली ग्राहकवर्गको हृदयमा विशेष स्थान कमाएको छ । साओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध छ ।

विगतका वर्षहरू जस्तै साओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा रु. २००० सम्मको आकर्षक छुट प्रदान गरिरहेको छ ।

साओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।

यस अवसरमा बोल्दै  साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ५ वर्षे यात्रामा सहयोग गर्ने ग्राहक र पार्टनरप्रति आभारी रहेको बताइन ।