के तपाइँको मोबाइल डाटा समय भन्दा पहिले समाप्त हुँदैछ? यदि तपाइँ दिनभर डाटा प्याक प्रयोग गर्न सक्षम हुनुहुन्न भने, तपाइँको ह्वाट्सएप अकाउन्ट यसका लागि जिम्मेवार हुन सक्छ ।
कम इन्टरनेट स्पीडमा पनि ह्वाट्सएपले काम गर्ने हुँदा धेरैले यो प्लेटफर्म रुचाउने गर्दछन् । यदि तपाईं पनि ह्वाट्सएपमा भ्वाइस र भिडियो कल गर्ने प्रयोगकर्तामध्ये हुनुहुन्छ भने, यो जानकारी तपाईंको लागि उपयोगी हुन सक्छ ।
ह्वाट्सएपमा भ्वाइस र भिडियो कलिङ सुविधा उपलब्ध छ । यस कलिङको लागि कुनै पनि प्रकारको शुल्क तिर्न आवश्यक छैन् । यदि फोनमा इन्टरनेट सुविधा उपलब्ध छ भने, नेपालमै तथा अन्य देशहरूमा बस्ने साथीभाइ र आफन्तहरूलाई निःशुल्क कल गर्न सकिन्छ ।
तर यदि तपाइँ पनि ह्वाट्सएप कलहरू अत्यधिक प्रयोग गर्नुहुन्छ भने यसले सीधा डाटा खपतलाई असर गर्छ ।तर यसबाट बच्नका लागि ह्वाट्सएप प्रयोगकर्ताहरूले विशेष सेटिङको साथ अत्यधिक डेटा खपत रोक्न सक्छन् ।
कल सेटिङका लागि युज लेस डेटा फर कल्स फिचर ह्वाट्सएपमा प्रयोगकर्ताहरूका लागि उपलब्ध छ । यो सेटिङ सक्षम हुँदा, मोबाइल डाटा खपत एकदमै कम हुने गर्दछ ।
ह्वाट्सएपमा यो सेटिङ कसरी सक्रिय गर्ने ?
ह्वाट्सएप को यो विशेष सेटिङ अन गर्नका लागी तपाईले पहिले ह्वाट्सएप खोल्नु पर्छ । अब तपाईंले माथिल्लो दायाँ कुनामा तीन डट विकल्पमा क्लिक गर्नुपर्छ । यसपश्चात तपाईंले ड्रप डाउन मेनुबाट सेटिङहरूमा ट्याप गर्नुपर्छ ।
अब तपाई स्टोरेज र डाटाको विकल्पमा गएर युज लेस डेटा फर कल्स विकल्प देखा पर्नेछ ।
यस विकल्पको छेउमा देखिने टगललाई अन गर्नुपर्छ । टगल अन हुने बित्तिकै यो हरियो रङमा देखिन्छ र डेटा खपत कम हुन्छ ।