कीवर्डहरू -

असार २६ देखि १३ औं संस्करणको बृहत शैक्षिक मेला

असार २६ देखि १३ औं संस्करणको बृहत शैक्षिक मेला

नेपाल शैक्षिक परामर्श संघ ECAN ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका साथ आयोजना गर्ने भएको छ ।

नेपालको सवैभन्दा ठुलो शैक्षिक मेलाको आयोजकको रुपमा स्थापित भई सकेको नेपाल शैक्षिक परामर्श संघ ECAN ले काठमाडौंको भृकुटीमण्डपमा आगामी असार २६ – २९ गते, २०७६ बृहत शैक्षिक मेला २०७६ आयोजना गर्दैछ ।

यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यस १३ औ ECAN शैक्षिक मेलामा एक लाख भन्दा वढि महानुभावहरुले अवलोकन गर्नु हुने अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको छ ।

यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुनेछ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको पनि ब्यवस्था गरिने छ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्टस प्रा. लि.को व्यवस्थापनमा यो मेला सम्पन्न हुदैछ भने यस मेलाको प्रजेन्टरको रुपमा व्रिटिस काउन्सिल रहेको छ ।

\"\"

बृहत शैक्षिक मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा आयोजकले बिश्वास लिएको छ ।

यस पटकको मेलामा विगतमा भन्दा केहि नयाँ विशेषताहरु हुनेछन् । करिब ४०० सयको स्टल रहने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ ।

प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क वससेवाको व्यवस्था गरिने बताइएको छ ।



शैक्षिक परामर्शदाता, विदेशी शैक्षिक संस्था, पार्टनर बैंक, एयरलाइन्स, ट्राभल एण्ड टुरिज्म पार्टनर लगायतको पनि सहभागीता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भईसकेको जनाइएको छ । सबै सरोकारवाला महानुभावहरुलाई आफ्नो सहभागीतालाई चाँडै सुनिश्चित गर्नुहुन आयोजकले आग्रह गरेको छ ।