कीवर्डहरू -

१५ औँ काठमाडौं म्याराथनमा सहकार्य गर्दै इन्ड्राइभ

१५ औँ काठमाडौं म्याराथनमा सहकार्य गर्दै इन्ड्राइभ

एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्ने १५ औँ काठमाडौं म्याराथनसँग इन्ड्राइभले सहकार्य गर्ने भएको भएको छ । सामुदायिक कार्यक्रमलाई समर्थन गर्ने र स्वस्थ तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने प्रतिबद्धता अनुसार इन्ड्राइभले सहकार्य गरेको हो ।

एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख स्पोर्ट्स इभेन्ट हो ।

म्याराथनका लागि समर्थनको अतिरिक्त इनड्राइभले एथलीट र कोच दुवैको ट्रेनिङ्गका लागि पनि सपोर्ट गरेको छ । यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको विश्वास छ ।

इनड्राइभका एशिया प्यासिफिक निर्देशक रोमन एर्मोसिनले नेपालमा दौड संस्कृतिको विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दुरीका धावकहरूको सहयोग गर्ने उद्देश्यले सहकार्य गरिएको बताए ।

तालिम कार्यक्रम काठमाडौं उपत्यकाका साथै थिमी, हेटौंडा, बुटवल र पोखरामा भविश्यमा अन्य सहरहरूमा विस्तार गर्ने योजनाका भइरहेको छ ।

अक्टोबर १४ मा हुने काठमाडौं म्याराथनमा स्लटहरू उपलब्ध गराएर, यस अवसरमा युवा र अण्डरप्रिभिलेज रनर्सलाई अगाडि बढाउन इनड्राइभले ३०० भन्दा बढी खेलाडीहरूलाई सहयोग गर्नेछ ।

१५ औँ काठमाडौं म्याराथन यहि असोज २७ गते दशरथ रंगशालामा सुरु हुँदैछ । सहभागीहरूले फूल म्याराथन, हाफ म्याराथन, र सबै उमेरका लागि फन रन सहित विभिन्न श्रेणीहरूमा सहभागीता जनाउन सक्नेछन् ।