कीवर्डहरू -

\'तपाइले आइफोन १५ जित्नुभएको छ\' भन्ने स्क्याम चल्दै, यसरी हुनुहोस् सुरक्षित

\'तपाइले आइफोन १५ जित्नुभएको छ\' भन्ने स्क्याम चल्दै, यसरी हुनुहोस् सुरक्षित

एप्पलको पछिल्लो आईफोन शृङ्खलाको सन्दर्भमा गुगलमा विभिन्न लिङ्कहरूमा क्लिक गर्ने प्रयोगकर्ताहरूमध्ये तपाईं पनि एक हुनुहुन्छ?

आईफोनको पछिल्लो शृङ्खला (एप्पल आइफोन १५ सिरिज) को बिक्री सुरु भएको छ, त्यसैले आइफोन १५ सबै अन्य प्रमुख अनलाइन स्टोरहरूमा बिक्री भइरहेको छ । यस विषयमा ठगी गर्नेहरू पनि उतिकै सक्रिय भएका छन् ।
'बधाई छ! तपाईंले पुरस्कारको रूपमा आइफोन १५ जित्नुभएको छ' भन्ने मेसेज पठाएर ह्याक गर्नेहरुको शंख्या हाल एकदमै बढेको पाइएको छ ।

आइफोन १५ को लागि प्रयोगकर्ताहरूलाई स्क्याम सन्देश पठाइँदैछ । यी स्क्याम म्यासेजमा प्रयोगकर्ताहरूलाई पाँच ओटा ग्रुप र २० ओटा साथीहरूलाई पनि यो मेसेज पठाउनु पर्छ भनिएको हुन्छ ।

यो गरेपछि प्रयोगकर्तालाई लिङ्क दिइनेछ । यो लिङ्कमा क्लिक गरेर, प्रयोगकर्ताहरूले भाग्यशाली विजेताको रूपमा आफ्नो पुरस्कार आइफोन १५ दावी गर्न सक्छन् ।

आइफोन १५ खरिद गर्दा सावधान रहनुहोस् । अनलाइन किनमेलको लागि आधिकारिक साइटमा मात्रै जानुहोस् । यसबाहेक, प्रयोगकर्ताहरूलाई कुनै पनि अज्ञात लिङ्कमा क्लिक गरेमा ह्याकिंगको खतरा हुन सक्छ ।