कीवर्डहरू -

इन्द्रजात्राको रथ कहाँ आईपुग्यो ? अब गल्ली म्याप्सबाटै थाहा पाइने 

इन्द्रजात्राको रथ कहाँ आईपुग्यो ? अब गल्ली म्याप्सबाटै थाहा पाइने 

मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू हुँदैछ । यो काठमाडौं उपत्यकाको ठूलो जात्रा समेत हो । इन्द्रजात्राको समयमा हरेक वर्ष सबैको प्रश्न हुन्छ, रथ कहाँ आईपुग्यो ? पुलुकिसी कहाँ नाचिरहेको छ ? लाखे कहाँ छ, सेवा भकु कहाँ छ ?

यी प्रश्न जवाफ यस पटक अब गल्ली म्याप्समै पाइने भएको छ । रथ कहाँ आयो, पुलुकिसी कहाँ नाचिरहेको छ, लाखे कहाँ छ, सेवा भकु कहाँ छ भन्ने जानकारी गल्ली म्याप्सबाटै लाईभ लोकेसनबाट पाइने छ ।

यसका लागि गल्ली म्याप्सले म्याप समेत अपडेट गरेको छ । नयाँ सुविधाको सार्वजनिक काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले गरेकी थिइन् । सम्पदालाई प्रविधिसँग जोड्ने उद्देश्य अनुसार यो सुविधा ल्याइएको गल्ली म्याप्स सह-संस्थापक तथा सीईओ राज विक्रम महर्जनले बताए ।

लाईभ लोकेसनका लागि सबै जीपीएस राखिने छ । लाइभ लोकेसन हेरेर रथ, पुलुकिसी, लाखे, सेवा भकु भएको ठाउँमा जान कति समय लाग्छ त्यसको समेत जानकारी पाइने छ ।

गल्ली म्याप्स एप एन्ड्रोडइ र आईओएस माध्यमबाट उपलब्ध छ । अहिले एपमा लाईभ लोकेसन सुविधा नआएको र मंगलबारसम्म आइपुग्ने महर्जनले जानकारी दिए ।  गल्ली म्याप्स नेपालको आफ्नै म्यापिङ प्लेटफर्म हो ।

यसमा ३६० डिग्री म्यापिङ, घर नम्बर, राउटिङ लगायतका सुविधा छन् । यसमा ड्रोनबाट खिचेर काठमाडौं उपत्यकाको म्याप राखिएको छ, जुन अन्य म्याप प्लेटफर्म भन्दा स्पष्ट छ ।