कीवर्डहरू -

बीटेक इन सीएस एण्ड एआई र बीटेक इन आईटीमा आवेदन दिने समय थप

बीटेक इन सीएस एण्ड एआई र बीटेक इन आईटीमा आवेदन दिने समय थप

लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तहमा ‘बी टेक इन सीएस एण्ड एआई’  र ‘बी टेक इन आईटी’ का लागि भर्ना आवेदन समय थप गरेको छ । विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानले एक सूचना जारी गर्दै एक हप्ता  समय थप गरेको जानकारी दिएको हो ।

अब विद्यार्थीहरुले असोज १४ गतेसम्म भर्नाका लागि अनलाईन आवेदन फर्म भर्न सक्नेछन् । यस अघि असोज ६ गतेसम्म भर्ना आवेदन समय तोकिएको थियो । अब इच्छुक विद्यार्थीले असोज १४ गतेसम्म नियमित र विलम्ब शुल्कमा असोज २१ गतेसम्म फाराम भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

आवेदन फाराम दस्तुर १५०० रुपैयाँ र विलम्ब दस्तुरका लागि २५०० रुपैयाँ तोकिएको छ । यी दुवै विषयको प्रवेश परीक्षा भने असोज २४ गते लुम्बीनी प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालय नेपालगञ्जमा हुने विश्वविद्यालयले जनाएको छ । यस्ता छन् भर्ना खुलाएका कोर्ष ।

बी टेक इन सीएस एण्ड एआई

बी टेक इन सीएस एण्ड एआई अर्थात् ब्याचलर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स ४ वर्षे ८ सेमेस्टरको कोर्ष हो । यो कोर्षमा कम्प्युटर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको छ ।

विश्वविद्यालयलमा ‘बी टेक इन सीएस एन्ड एआइ’ विषयमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ ।

यो कोर्ष पढ्नका लागि न्युनतम १ लाख ३० हजार लाग्छ भने पूर्ण शुल्क ५ लाख १८ हजार लाग्ने विश्वविद्यालयले जनाएको छ ।

बी टेक इन आइटी

बी टेक इन आइटी अर्थात् ब्याच्लर अफ टेक्नोलोजी इन इन्फर्मेसन टेक्नोलोजी कोर्ष पनि ४ वर्षे ८ सेमेस्टरको कोर्ष हो । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई आइटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्वेज, नेटवर्किङ, डेटावेस र सफ्टवेयर डेभलपमेन्टका विषयहरू पढाइने छ ।

यो कोर्ष अध्ययन गर्न विद्यार्थीहरुले कक्षा ११/१२ मा जुनै विषय लिए पनि न्यूनतम ‘डी’ ग्रेड ल्याएको हुनुपर्ने छ । यसका लागि न्युनतम शुल्क १ लाख १५ हजार रुपैयाँ  लाग्छ भने पूणर् शुल्कमा ४ लाख ६० हजार रुपैयाँ लाग्ने विश्वविद्यालयले जनाएको छ ।