कीवर्डहरू -

दराजमा अब किलमेलसंगै खेल पनि खेल्न पाइने

दराजमा अब किलमेलसंगै खेल पनि खेल्न पाइने

अब दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेल संगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई एपमा थप संलग्न गराउने उदेश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक गरेको छ ।

दराज एपका प्रयोगकर्ताहरुले सजिलै यो खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरुले तिन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरुलाई एकै ठाँउमा मिलाउनु पर्छ । यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाँउमा झर्छन् ।

यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनिहरुको खेलको आधारमा हरेक दिन उनिहरुलाई प्रदान गरिन्छ । दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेम्को प्रयोग गरि दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्छन् ।