कीवर्डहरू -

आइसिटी अवार्ड २०१९ मा २०० बढिको आवेदन 

सबैभदा बढि नोमिनेशन स्टार्टअप आइसिटी अवार्ड विधामा

आइसिटी अवार्ड २०१९ मा २०० बढिको आवेदन 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को लागि उत्साहप्रद नोमिनेशन दर्ता भएको छ । जेष्ठ १ देखि ३२ गतेसम्म खुल्ला भएको अनलाइन नोमिनेशनमा देशभरका सातै प्रदेशबाट नोमिनेशन प्राप्त भएको आयोजकले जनाएको छ ।

आइसिटी अवार्ड २०१९ मा विभिन्न ९ विधामा अवार्ड आयोजना हुदैछ । सबैभदा बढि नोमिनेशन स्टार्टअप आइसिटी अवार्ड विधामा प्राप्त भएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा जम्मा सयभन्दा बढिको सेल्फ नोमिनेशन दर्ता भएको छ ।


आइसिटी अवार्ड २०१९ मा विभिन्न ९ विधामा अवार्ड आयोजना हुदैछ । सबैभदा बढि नोमिनेशन स्टार्टअप आइसिटी अवार्ड विधामा प्राप्त भएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा जम्मा सयभन्दा बढिको सेल्फ नोमिनेशन दर्ता भएको छ ।

यि ३ विधाको लागि छनौट प्रकृया असार पहिलो साताबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । यि विधाहरुमा १२ जना जुरी र ९ जनाको जुरी सल्लाहकारको छनौट समितिले उत्कृष्टहरुको सर्टलिस्ट प्रकाशन गर्नेछ । उत्कृष्ट १० लाई प्रिजेन्टेशनको अवसरसँगै उत्कृष्ट ५ अनलाइन भोटिङमा समावेश हुने बताइएको छ ।


यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, डिजिटल गर्भनेन्स आईसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्डको छनौट प्रकृया पनि सोहि जुरी समुहले गर्नेछ । अवार्ड विजेताको घोषणा साउन ३२ गतेको ग्रान्ड फिनालेमा हुनेछ ।

\"\"
गतवर्ष ७ वटा विधामा भएको आइसिटी अवार्डमा यस वर्ष डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप भएको छ । यस वर्षको आइसिटी अवार्डका लागि आयोजकले प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला तथा कन्फ्रेन्स’ समेत आयोजना गरेको थियो ।