नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ ।
मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ । एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरूले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन हुने कम्पनीको विश्वास छ ।
यसका साथै एपबाट अभिकर्ताले आफ्नो लगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतीत हुनबाट जोगाउन सक्ने छन् ।