कीवर्डहरू -

नेकपा एमालेको बागमती अधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग हुने

नेकपा एमालेको बागमती अधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग हुने
फाइल तस्वीर

बिहीबार हुने नेकपा एमालेको बागमती अधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भएको छ । विद्युतीय मतदानका लागि राम लक्ष्मण इन्नोभेसन मेसिन राखेको छ ।

बिहीबार हुने मतदानका लागि राम लक्ष्मण इन्नोभेसनले तयार पारेका ४० वटा विद्युतीय मेसिन जडान गरिएको छ ।

निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ता, ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुने कार्यतालिका रहेको छ ।

नेकपा एमाले बागमतीको नेतृत्वमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको आ-आफ्नो अडान नछोडेपछि बिहाबार महदान हुने निश्चित भएको हो ।