कीवर्डहरू -

शुक्रबार एनसीआईटी कलेजमा जब फेयर हुँदै, २५ बढी कम्पनी सहभागी हुने

शुक्रबार एनसीआईटी कलेजमा जब फेयर हुँदै, २५ बढी कम्पनी सहभागी हुने

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा जब फेयर हुने भएको छ । आउँदो शुक्रबार दिउँसो १ बजेदेखि ५ बजेसम्म एनसीआईटीको प्रांगन बालकुमारीमा जब फेयर सञ्चालन हुनेछ ।

सूचना प्रविधि र सिभिल इन्जिनियरिङका विद्यार्थीलाई लक्षित गर्दै जेनस एकेडेमीले एनसीआईटी कलेज र जबइजीसँगको सहकार्यमा जब फेयर गर्न लागेको हो ।

जब फेयरमा अन्य कलेजका आईटी विद्यार्थीले समेत भाग लिन सक्ने छन् । जब फेयरमा २५ भन्दा बढी कम्पनी सहभागी हुने छन ।

कम्पनीहरूले जब फेयरमै विद्यार्थीको अन्तर्वाता लिने छन् । क्षमताका आधारमा रोजगारी समेत दिन सक्ने छन् । यसका साथै उक्त कार्यक्रममा एनसीआईटी कलेजका विद्यार्थीले बनाएका परियोजना पनि प्रदर्शनीमा राखिने छ ।