कीवर्डहरू -

डिशहोमको सुपरस्टार सिजनकै मेगास्टार योजनामा राईले जिते एक लाख रुपैयाँ नगद

डिशहोमको सुपरस्टार सिजनकै मेगास्टार योजनामा राईले जिते एक लाख रुपैयाँ नगद

डिशहोमको हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत ७१९०६२१७२८७ कास आइडीका ग्राहक भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन् । सोमबार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद रु एक लाख जितेका हुन् ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।