कीवर्डहरू -

एलिकाको दशैं तिहार अफर, सामान खरिदमा भ्याकुम फ्लास्क उपहार

एलिकाको दशैं तिहार अफर, सामान खरिदमा भ्याकुम फ्लास्क उपहार

नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित अफर ल्याइएको हो । जसअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ ।

यो ग्राहक योजना भाद्र २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो । जसले किचन हुड, इन्डक्शन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।