कीवर्डहरू -

एक महिनामै बढे १ लाख ८० हजार फोरजी प्रयोगकर्ता, कुन सेवा प्रदायकका कति ? 

एक महिनामै बढे १ लाख ८० हजार फोरजी प्रयोगकर्ता, कुन सेवा प्रदायकका कति ? 

नेपालमा पछिल्लो समय फोरजी प्रयोगकर्ताहरू बढिरहेका छन् । देशभर फोरजी सेवा विस्तार हुँदै जाँदा प्रयोगकर्ता समेत फोरजीमा आकर्षित भएका छन् ।

नेपालमा एक महिनामा १ लाख ८० हजार नयाँ फोरजी प्रयोगकर्ता थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको जेठ महिनाको एमआईएस रिपोर्ट अनुसार गत वैशाखको तुलनामा जेठमा १ लाख ८० हजार ६१८ फोरजी प्रयोगकर्ता बढेका छन् ।

जेठमा फोरजी प्रयोगकर्ता १ करोड ९९ लाख ६२ हजार १०७ छन् । जबकी गत वैशाखमा १ करोड ९७ लाख ८१ हजार ४८९ फोरजी प्रयोगकर्ता रहेका थिए ।

नेपालमा सबैभन्दा बढी फोरजी प्रयोगकर्ता नेपाल टेलिकमका छन् । टेलिकमका जेठसम्म १ करोड २८ लाख ४७ हजार २०७ ग्राहक छन् भने एनसेलका ७१ लाख १४ हजार ९०० ग्राहक रहेका छन् ।

१ महिनामा टेलिकमले मात्रै १ लाख ६८ हजार १८९ फोरजी प्रयोगकर्ता थपेको छ । यता एनसेलले भने एक महिनामा १२ हजार ४२९ नयाँ फोरजी ग्राहक थपेको छ ।