कीवर्डहरू -

जीमेल एपमा सेलेक्ट अल फिचर आउँदै, अब धेरै इमेलहरू एकैपटक छान्न सकिने

जीमेल एपमा सेलेक्ट अल फिचर आउँदै, अब धेरै इमेलहरू एकैपटक छान्न सकिने

गुगलले आफ्नो मेल सेवा अर्थात् जीमेल एपमा एउटा नयाँ र बहुप्रतिक्षित विकल्प ल्याउने भएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूका लागि सेलेक्ट अल बटन ल्याउन भएको छ ।

सेलेक्ट अल फिचर जीमेल प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेको थिए । अब छिट्टै जीमले प्रयोगकर्ताले सो फिचर उपयोग गर्न पाउने छन् ।

यसबाट एकै पटक सबैमेल छनोट गर्न सकिने छ । नाइन टु फाइभको रिपोर्ट अनुसार गुगलले अब जीमेलको एन्ड्रोइड एपमा नयाँ सेलेक्ट अल बटन रोल आउट गर्न सुरू गरेको छ ।

यो फिचर जीमेलको एन्ड्रोइड संस्करण २०२३.०८.२०.५६१७५०९७५ रहेको रिपोर्टमा उल्लेख गरिएको छ । यसमा एन्ड्रोइड १३ र एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा चल्ने गुगल पिक्सेल स्मार्टफोन र ग्यालेक्सी डिभाइसहरू समावेश छन् ।

यो फिचर भविष्यमा पुराना एन्ड्रोइड संस्करणहरुसंग रोल आउट हुन सक्नेछ । गुगलको सेलेक्ट अल फिचर वेबसाइटमा पहिले देखि नै छ । अब यो मोबाइल एपमा पनि उपलब्ध हुँदैछ ।

यसले प्रयोगकर्ताहरूलाई आफ्नो फोनमा आफ्नो इनबक्स व्यवस्थापन गर्न सजिलो बनाउने छ । यो सुविधाको साथ प्रयोगकर्ताहरूले एक पटकमा अधिकतम ५० इमेलहरु छनौट गर्न सक्ने छन् ।